0Shares

आज ६७ औं राष्ट्रिय सहकारी दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । सहकारी अभियानको सम्भवतः सबैभन्दा ठूलो पर्वका रुपमा लिईएको अवसरमा देशभर नै प्रारम्भिकदेखि केन्द्रीय निकायका साथै सहकारी विभागले आज विभिन्न कार्यक्रमको आयोजना गरेका छन।

केहीले साताव्यापी रुपमा मनाउने घोषणा सहित गतिविधिहरु सुरु गरिसकेका छन भने केही संघसंस्थाहरुले आ आफनो तरीकाले सहकारी दिबस मनाईरहेका छन । यसै मेलोमा सुनसरीको धरानमा जिल्ला सहकारी संघ लिमिटेडको आयेजनामा एक भब्य सहकारी दिवस मनाईदैछ । सहकारीमा सुशासन,प्रबिधि र एकीकरण भन्ने मुल नाराका साथ धरान १५ स्थित चुम्लुङ भवनमा एक कार्यक्रमबा बीच उक्त सहकारी दिबस मनाईदैछ ।

बिहान ११ बजेबाट सुनसरी जिल्लाभरीका सयौ सहकारी संघसंस्थाहरुको सञ्चालक देखी कार्यरक्त कर्मचारीहरुको सहभागीतामा ¥याली निकाल्दै धरानको बिभिन्न भाग परिक्रमा गरी चुम्लुङ भवन परिसरमा नै पुगेर उक्त दिबस मनाईएको हो । उनीहरुले सहकारीजन्य बिभिन्न नाराहरु लेखिएको प्लेकार्ड ब्यान सहित ¥याली निकालेका थिए भने कार्यक्रम सम्योजक दिनेश श्रेष्ठको अध्यक्षतमा उक्त कार्यक्रम गरिएको थियो ।

आज भन्दा ६३ वर्ष अघि अर्थात २०१३ सालमा आजकै दिन चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा बखान ऋण सहकारी समिति स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष यही दिन राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन छ । विकासप्रेमी अगुवा स्वर्गीय बखानसिंह गुरुङको संरक्षकत्वमा बखान ऋण सहकारी समिति गठन भएको थियो । सोही कारण गुरुङलाई नेपालको सहकारी अभियानको जन्मदाता, अगुवा, संस्थापक जस्ता उपमाहरुद्वारा सम्मानभाव समेत प्रकट गरिन्छ

सहकारीको गुणस्तर बढ्न नसक्दा तथा विविध विकृति र विसंगति देखा पर्दे

सहकारी विभागका अनुसार नेपालमा सहकारीहरूको संख्या ३१ हजारभन्दा धेरै छ, जसमा ७३ लाख ८१ हजार सदस्यहरू छन ।सहकारी क्षेत्रले ५० हजार नागरिकलाई प्रत्यक्ष तथा पँच लाखलाई अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान सहकारी क्षेत्रको छ। तर सहकारी क्षेत्रमा संख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर बढ्न नसक्दा तथा विविध विकृति र विसंगतिका कारण यसको लोकप्रियता खस्किँदै गइरहेको छ।

नागरिकले जम्मा गरेको बचतको केही स्वार्थ समूहले गरेको अपचलनका कारण पनि सहकारीमा संकट निम्तिएको छ। देशभरका १४ लाख बचतकर्ताबाट संकलित करिब एक खर्ब रुपैयाँ सहकारीमा फसेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसीले जानकारी दिएका छन । यस्तै, सहकारी विभागको क्षेत्राधिकारका ५ वटा ठूलासहित ७ वटा सहकारी समस्यामा छन्। ३१ अर्ब ६ करोड ५० लाख रुपैयाँ बचत भएको उक्त सहकारीका बचतकर्ताले बचत फिर्ताको माग गर्दै विभागमा उजुरी दिएका छन्।

उनीहरूले करिब ५ अर्ब रुपैयाँ बराबर बचत फिर्ता गराइदिन विभागमा उजुरी दिएको विभागले जनाएको छ। सहकारी ऐनले, सहकारी दर्ता र नियमनको अधिकार संघअन्तर्गतको सहकारी विभागसहित प्रदेश र स्थानीय तहमा विभाजन गरेको छ। त्यसकारण छुट्टाछुट्टै क्षेत्राधिकार मातहतका सहकारीले फिर्ता गर्नुपर्ने नागरिकको बचत रकम कति छ भन्ने यकिन तथ्यांक छैन।

यसैबीच आजै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका नाम सहकारी ठगीका विषयमा जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग गरेका छन ।नेपाली कांग्रेसले सो समितिलाई सहकारीको रकम ठगीका सम्बन्धमा विभिन्न विषय अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने अख्तियारी दिनुपर्ने समेत माग गरेको हुन ।

प्रतिनिधिसभाको आजको बैठकको सुरुवातमा नै सबै पार्टीका सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेसका सांसद रामकृष्ण यादवलाई समय दिएका थिए । सांसद यादवले सरकार पुनःगठनसंगै लामिछानेमाथिको छानबिन रोकिएर विश्वासको सङ्कट उत्पन्न भएकाले संसदीय छानबिन हुनुपर्ने आवश्यकता औल्याएका छन ।

उनले लामिछाने सञ्चारकर्मीका रुपमा आवद्ध हुँदाका बखत गोर्खा मिडिया प्रालिमा हुँदा सहकारीबाट ८० करोड ऋण लिएको र नतिरिएको विषयमा नैतिकताका आधारमा गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन । सांसद यादवले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल पनि सहकारी विवादमा मुछिएकाले छानबिन हुनुपर्ने माग गरेका छन ।