90Shares

मारवाडी महिला मञ्च सुनसरी धरानको आयोजनामा गणगौर उत्सव एबम सांस्कृतिक कार्यक्रम हुने भएको छ । नेपाल मारवाडी गणगौर पुजा समिति सुनसरी धरानको आयोजनामा आउदो चैत्र २२ गते शनिबारको दिन उक्त गणगौर उत्सव एबम सांस्कृतिक कार्यक्रम गर्न लागेको मारवाडी महिला मञ्चकी सचिव पुजा अग्रबालले आयोन्युजलाई जानकारी दिईन ।

उनका अनुसार कार्यक्रम धरान १ स्थित धुलीखेल सेवा समाजको सभाहलमा हुने र उक्त कार्यक्रममा सुप्रसिद्ध गायीका निशा लालवानीको बिषेश प्रस्तुती संगै सागीतिक माहोलमा उत्सव मनाईनेछ ।सोही कार्यक्रमका दौरान बिबिध सांस्कृति कार्यक्रम गोरा ईश्वर जोडी प्रतियोगीताका साथै कार्यक्रममै सरप्राईज पुरस्कारको समेत ब्यवस्था हुने आयोजकले जनाएको छ ।

अपराह्न्न ४ बजेबाट सुरु हुने उक्त उत्सव एबम सांस्कृतिक कार्यक्रममा ३ बर्ष सम्मका बालबालिकाहरुलाई प्रबेश निशुल्क रहनेछ भने ३ देखि ८ वर्ष सम्मको लाई ३ सय र ८ बर्ष माथिका साबैले ६ सयको टीकट काटेर मनोरञ्जन लिन सकिने नेपाल मारवाडी गणगौर पूजा समितिकी अध्यक्ष अनिता अटलले जानकारी दिईन ।