0Shares

उद्योग तथा व्यवसायी महासंघ धरानको दोस्रो साधारण सभा सम्पन्न भएको छ । नेपाल उद्योग तथा व्यवसायी महासंघ धरान उपमहानगरपालिकाको आयोजनामा धरान १२ चतरालाईन स्थित होटेल पुर्बी स्टारमा सम्पन्न गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी महासंघका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज केदार लामिछानेले सबै व्यवसायीसंघले एकरुपता कायम गर्दै अगाडी बढ्न सके कार्यहरु सम्पादन गर्न कठिनाई नहुने बताए । छुट्टा छुट्टै व्यवसायी संघ गठन गर्दा सदभाव कायम नहुने भएकोले नगरपालिका भित्रका सम्पूर्ण ब्यबसायीहरु एकजुट हुनुपर्ने बताए ।

लामिछानेले ब्यापार ब्यबसायीलाई व्यवस्थित बनाउन स्थानिय सरकारको भुमिका रह्नेहुदा व्यवसायीहरुको समस्या बुझिदिनुहुन आग्राह गरे । उनले ब्याब्सायी संघले बिभिन्न खाल्का सेवाहरु लिनका लागि नगरपालिकाका सम्बन्धित शाखा संग समन्वय गरिनुपर्ने समेत बताए ।उक्त कार्यक्रममा नेपाल उद्योग व्यबसायी महासंघ धरानका अध्यक्ष शिबराज श्रेष्ठले व्यवसायीहरुलाई दिनप्रतिदिन परीरहेको समस्या सामाधानमा हरदम तत्पर रह्ने बताएका थिए । उनले धरान मात्र नभई देशभरी नै बजारमा ब्यबसायीहरुलाई समस्या आईरहदा समेत ब्यब्सायीको हितका खडा भएका संघहरुले कुनै चासो र कामकार्बाही छिटो भन्दा छिटो नगरेको बताए ।

उनले व्यवसायी महासंघ र उपोक्ताहरु सचेत भएर लाग्नु जरुरी भएको समेत बताए । ब्यबसायीहरुले बिक्री बितरण गर्ने सामाग्रीहरु आम उपभोक्ताहरुसंग सहज रुपमा उपलब्ध गराउनु पर्नेमा जोड दिंदै पछिल्लो समयमा बिचौलियाहरुले गर्दा व्यवसायीहरुमा समस्याहरु बढ्दै आएकोले व्यवसायीहरु सो बिषयमा सचेत हुनुपर्ने बताए । यस कार्यामा महासंघमा आबद्ध ब्यबसायीहरुलाई महासंघको तर्फबाट पूर्ण साथ सहयोग रहने प्रतिवद्धता समेत ब्यक्त गरे ।

महासङ्घको साधारण सभा अध्यक्ष शिबराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा महासघका सचिब चन्द बहादुर सुबेदीले साङठनिक प्रतिबेदन र कोषाध्यक्ष मिसन लामाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिईन ।कार्यक्रम सन्चालन सङै स्वागत मन्तव्य समेत महासंघका सचिव सुबेदीले नै राखेको उक्त साधारण सभामा महासंघका इन्चार्ज सिताराम आचार्य,काजी गीरी मानबहादुर राई, एमाले धरान नगर अध्यक्ष हर्कजङ्ग एभेङ्ग,व्यवसायी महासंघका पदाधिकारीहरु, व्यवसायीहरु, बिभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि तथा संचारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।

यसअघि महासंघले कार्यसमितीको ७ वटा बैठक सम्पन्न गर्नुका साथै गत २०८० साल असार ११ गते ८ सोमबार कर शिक्षा कार्यक्रम असार १८ गते धरान समिटबारे छलफल,कार्तिक १७ गते शुक्रबार चाडपर्वको सुभकामना आदानप्रदान २०८० चैत ५ गते सोमबार बस्तुगत संघहरुसङ्ग आर्थिक रुपान्तरणका लागि अन्तरकृया कार्यक्रम समेत गरीसकेको महासंघले जनाएको छ ।