0Shares

दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँ बढाउन माग गर्दै उद्योगीहरुले मन्त्रालयमा प्रस्ताव पेश गरेका छन् । उत्पादन लागत बढेको भन्दै उद्योगीहरुले दूधको मूल्य बढाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई प्रस्ताव गरेका प्रस्ताव गरेका हुन्। राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थान,नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघको समन्वयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई प्रस्ताव गरेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताए।

संघले मूल्य लागत अध्ययन प्रतिवेदन तयार गरेर मन्त्रालयलाई पेश गरेको दाहालले जनकारी दिए। ‘हामीले सचिवलाई प्रतिवेदन दिएका छौं। सचिव ज्यूले मन्त्री ज्यूलाई प्रतिवेदन दिइसक्नु भएको छ,’ उनले भने,’दूधको मूल्य बढाउने प्रस्ताव आज बस्ने मन्त्री परिषद्को बैठकमा लैजाने मन्त्रालयबाट जानकारी आएको छ।’ पछिल्लो समय दूधको उत्पादन घट्दै गएको उनले बताए। उद्योगीहरूले दूध उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातको अनुमति खोल्न समेत माग गरेका छन्। अहिले सरकारले दूध तथा दुग्धजन्य पदार्थ आयातमा प्रतिवन्ध लगाएको छ।

श्रोत एभरेष्ट पिडियाबाट