0Shares

खेलकुदको सहरको रुपमा आफना पहिचान बनाएका धरानले पुन एक पटक धरानलाई खेलकुदमय बनाएको छ । जसको पछिल्लो उदाहरण हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा यहि बैशाख ७ गतेबाट हुनलागेको तेश्रो स्व. सुवाष राई स्मृती सुपर–८ लिग कम नकआउट फुटवल प्रतियोगिता र बैशाख १० गतेबाट सुरु हुने हाम्रो धरान भेट्रान कपले प्रमणित गरिदिएको छ ।

यी दुबै प्रतियोगीताहरुको आयोजक हाम्रो धरान भेट्रान फुटवल क्लब हुनेछ आज बुधबार धरान १२ स्थित होटल पुर्वी स्टारमा प्रतियोगीताबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा पुष्टी भएको हो । गत बर्षहरुमा धरान उपमहानगरपालिकाबाट ८ लाख बजेट बिनियोजीत भएपनि यो बर्षबाट उक्त रकमा ३ लाख कटौती भएको र सो रकममा प्रतियोगीता आयोजना गर्न नसकिने भएकोले पहिलो र दोश्रो संस्करण आयोजना गरेका धरान भेट्रान क्लबले यसपटक भने हाम्रो धरान भेट्रान क्लबलाई प्रतियोगतिा गर्ने जीम्मेबारी दिएको आयोजक हाम्रो धरान भेट्रान क्लबका खेल सम्योजक हेम गुरुङले बताए ।

गुरुङका अनुसार प्रतियोगीता रोकिनु हुदैन हामी जसरी भएपनि प्रतियोगीता गराउने कोसीस गरेका छौ । आर्थिक सहयोग उठाएर भएपनि यस प्रतियोगीता गर्ने पक्षमा छौ गुरुङ भने । त्यसका लागी हामीले सबैसंग आर्थिक सहयोगको उपलि पनि गरेका छौ । आयोजक हाम्रो धरान भेट्रान फुटवल क्लबले दुबै प्रतियोगीताहरु सुबास स्मृती सुपर ८ लिग कम नकआउट फुटवल र तेश्रो हाम्रो धरान फुटबल प्रतियोगीता एकै खेल मैदानमा दिउसो २ बजे र ४ बजेबाट हुन लागेको पनि जानकारी दिए । प्रतियोगीता धरान उपमहानगरपालिकाको बिशेष सहयोगमा हुन लागेको क्लबका अध्यक्ष अशोक कुमार राईले जानकारी दिएका छन ।

जहा बैशाखको ७ गते दिउसो २ बजेबाट तेश्रो स्व. सुवाष राई स्मृती सुपर–८ लिग कम नकआउट फुटवल प्रतियोगिता सुरु हुनेछ भने हाम्रो भेट्रान कप बैशाख १० गते दिउसो ४ बजेबाट एउटै आयोजक रहनेगरी सुरु हुनेछ । जहा पहिलो चरणको प्रतियोगीतामा धरानका वडा स्तरीय गोधुली प्रतियोगीतमा उत्कृष्ट ८ टीमहरुबाीचमा प्रतिष्पर्धा गराईनेछ भने उनीहरुबीचको बिजेताले नै सुपर ८ को उपाधि समेत हात पर्नेछ ।

सुपर ८ का लागी धरानको वडा नं ५,६,८,११,१३,१४,१७ र वडा नं १८ बीच मा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । यी टीमहरु गोधुली कप २०८० को उत्कृष्ट ८ टीम पनि रहेको छ । यस टिमका बिजेताले नगद २ लाख ५ सय ५५ रुपैया र उपबिजेताले १ लाख ५ सय ५५ रुपैया पुरस्कार संगै ट्रर्फी प्राप्त गर्नेछ । सोही खेलमा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद २ हजार तथा मेडल प्रदान गरिनेछ भने फाईनल खेलको म्यान अफ द म्याचलाई नगद ३ हजारका साथै मेडल प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगीताका उत्कृष्ट खेलाडीलाई नगद ७ हजार ५ सय मेडल र ट्रफी उत्कृष्ट गोलकिपरलाई नगद ५ हजार ५ सय मेडल र ट्रफी उत्कृष्ट डिफेन्सलाई नगद ५ हजार ५ सय मेडल र ट्रफी उत्कृष्ट मिडफिल्डरलाई नगद ५ हजार ५ सय मेडल र ट्रफी सर्बाधिक गोलकर्तालाई नगद ५ हजार ५ सय मेडल र ट्रफी र उतकृष्ट कोचलाई नगद ५ हजार ५ सय तथा मेडल र ट्रफीले ब्यक्तिगत बिद्यातर्फको पुरस्कारकाले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

त्यस्तै हाम्रो भेट्रान कप प्रतियोगीतामा मिल्स भेट्रान, दुधे भेट्रान, दुहबी भेट्रान,लखनपुर भेट्रान,उर्लाबारी भेट्रान,धरान भेट्रान,मेघा भेट्रान,आयोजक हाम्रो भेट्रान धरान,सिमरा भेट्रान,राजाराजी भेट्रान,हाम्रो भेट्रान ईटहरी र भरौल भेट्रान सहभागीत जनाउने छ । उक्त खेलको बिजेताले १ लाख ५ रुपैया र उपबिजेताले ६० हजार ५ रुपैया प्राप्त गर्नेछ । त्यस्तै हाम्रो भेट्रान कप प्रतियोगीताका उत्कृष्ट खेलाडीलाई नगद ५ हजार मेडल र ट्रफी उत्कृष्ट गोलकिपरलाई नगद ३ हजार मेडल र ट्रफी उत्कृष्ट डिफेन्सलाई नगद ३ हजार मेडल र ट्रफी उत्कृष्ट मिडफिल्डरलाई नगद ३ हजार मेडल र ट्रफी सर्बाधिक गोलकर्तालाई नगद ४ हजार मेडल र ट्रफी र उतकृष्ट कोचलाई नगद ३ हजार तथा मेडल र ट्रफीले ब्यक्तिगत बिद्यातर्फको पुरस्कारकाले पुरस्कृत गरिने आयोजकले जनाएको छ । गत बर्ष हाम्रो धरान भेट्रान फुटवल प्रतियोगिता २०८० दोस्रो संस्करणको विजेता हाम्रो इंटहरी भेट्रान क्लब र उप विजेता धरान भेट्रान बनेको थियो ।