0Shares

तेस्रो स्वर्गीय सुवास राई स्मृति सुपर -८ लिग फुटबल प्रतियोगितामा वडा न १३ को बिजयी सुरुवात भएको छ । शुक्रबार धरान १६ स्थित प्रस्तावित क्षेत्रीय रंगशालामा दिउँसो ४ बजेबाट सुरु भएको उद्घाटन खेलमा वडा न १३ ले वडा न १४ लाई ४-१ गोल अन्तरले हराउदै उक्त बिजय सुरुवात गरेको हो ।

जहाँ खेलको पहिलो हाफको ३ औ मिनेटमा नै वडा नं. १३ का तर्फबाट जर्सी न ७ का मिलन लिम्बुले १ गोल गरेका थिए भने खेलको पहिलो हाफको १० औ र दोस्रो हाफ्को ५० औ मिनेटमा जर्सी न १३ का बिबेक राई एक्लैले २ गोल गरे । त्यस्तै वडा न १३ कै जर्सी न १५ का सुशान्त राईले खेलको ७४ औ मिनेटमा अर्को १ गोल गर्दै आफ्नो टिमलाई ४-१ गोलको जित दिलाउन सफल भएका थिए । उता वडा न १४ का जर्सी न ८ का बिबेक राईले खेलको २० औ मिनेटमा १ गोल फर्काए पनि आफो हार टार्न सकेन।

शुक्रबारको खेलको म्यान अफ द म्याच वडा न १३ का जर्सी न १३ का बिबेक राई घोषित हुँदै नगद २ हजार संगै मेडल प्राप्त गरे । भोलि शनिबारको खेल वडा न ११ र वडा न १८ का बीच हुने आयोजकले जनाएको छ ।