5Shares

सुनुवार सेवा समाजको कोशी प्रदेश अध्यक्षमा हेमन सुनुवार निर्बाचित भएका छन । सुनसरीको धरान उपमहानगरपालिका वडा नं १० स्थित सैनिक भवनमा गत बैशख ८ र ९ गते सुनुवार सेवा समाजको कोशी प्रदेशको दोस्रो सम्मेलनबाट उक्त नया अध्यक्ष सहित अन्य पदाधिकारीहरु चयन गरिएको हो ।

समाजको बन्द शत्र सम्मेलनबाट सर्बसहमति रुपमा नै सुनसरीका हेमन सुनुवरलाई अध्यक्षको जिम्मेबारी दिई प्रदेशकै नया कार्यसमिति समेत चयन गरिएको छ । जहा उपाध्यक्षमा उदयपुरबाट सन्त बहादुर सुनुवार उपाध्यक्षमा झापाबाटबिष्णुकला सुनुवार सचिब ईलाबाट चक्रबहादुर सुनुवार सह(सचिबमा ओखलढुंगाका निर्मल सुनुवार कोषाध्याक्षमा सुनसरीकै अर्पना सुनुवार चयन भएका छन ।

त्यस्तै अन्य सदस्यहरुमा शंखुवासभाका रुद्र बहादुर सुनुवार,ईलामकी सबिना सुनुवार र मोरङकी लक्ष्मी सुनुवार मोरङ लगायत १३ सदस्य समिति निर्माण भएको सुनुवार सेवा समाजका नव निर्वाचित अध्यक्ष हेमन सुनुवारले जानकारी दिए ।