0Shares

धरान उपमहानगरपालिकाको फोहर मैला बोक्ने गरेको ट्याक्टर दुर्घटना हुँदा तीन कर्मचारी घाईते भएका छन । धरान बिराटनगर सडक खण्ड अन्तरगत तीनकुने स्थित फोहर फाल्ने डम्पीङ साईडमा फोहर फाल्न जाने क्रममा उक्त दुर्घटना भएको हो । दुर्घटना धरान ८ स्थित तिनकुनेको बिश्वकर्मा मन्दिर अगाडि को १ ज ६४ न को ट्याक्टर अनियंत्रित भई पल्टिएर भएको थियो । दुर्घटनापछि ट्याक्टरमा सवार चालक धरान ११ बस्ने बर्ष ३५ को सुरज मरिक, सह—चालकहरु धरान १५ बस्ने बर्ष २७ को मन्दिप राई,धरान ११ बस्ने बर्ष ३९ को शंकर मरिक घाइते भएको छन ।

उनीहरुको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आकस्मीक कक्षमा उपचार भइरहेको छ भने घाईतेहरुको निधार,हातमा सामान्य चोटपटक लागेको छ । मंगलबार बिहान १० बजेको समयमा धरानका बिभिन्न वडामरुमा उठाएको फोहोर फाल्न डम्पिङ साईड धरान ८ स्थित तिनकुने पुगेर फर्किदा तीब्र गतिका कारण उक्त ट्याक्टर दुर्घटना भएको जिल्ला टार्फिक कार्यालय सुनसरी धरानले जनाएको छ ।