0Shares

सुनसरी चतराधाममा यहि चैत्रको २७ गतेबाट हुन लागेको बार्हबर्षे पिन्डेश्वर पुर्ण महाकुम्भ मेलाको सहयोगार्थ धरानेहरुले समेत छलफल गरेको छ ।

शुक्रबार धरानको उद्योग बाणिज्य संघको सभाहलमा पितरुमल अग्रवालको अध्यक्षतामा उक्त छलफल गरीएको हो भने सोही छलफल पछि विभिन्न समितीहरु समेत गठन गरीएको छ । जहाँ महाकुम्भ मेलालाई छिमेकी नगरपालिकाको रुपमा धरानका मेयर हर्क राज राई( साम्पङ्ग) को नेतुत्बमा सम्पुर्ण वडा अध्यक्षहरु एबम कार्यापालिका सदस्यहरु रहनेगरी कुम्भमेला सहयोगार्थ समिती समेत निर्माण गरिएको कार्यपालिका सदस्य श्रीजना नेपालले जानकारी दिईन ।

नेपालले सोही समितिको छलफल निस्कर्ष अनुसार नै महाकुम्भमा सहभागी हुने र धरानलाई समेत बराहक्षेत्रको कुम्भमेला सङ्ग जोडिएर प्रयटकिय लाभ लिन सकिनेगरी कार्य आगाडी बढाईने बताईन । बार्हबर्षे पिन्डेश्वर पुर्ण महाकुम्भ मेला समारोह मुल आयोजक धरान समितीले आयोजना गरेको उक्त छलफलमा सुनसरी उद्योग बाणिज्य संघ अध्यक्ष बिजय श्रेष्ठ, धरान उपमहानगरपालिका वडा न १८ का अध्यक्ष तथा मेलाको यातायात ब्यबस्थापन समिती सम्योजक नरेन्द्र कुमार राई प्रबिन,प्रचारप्रसार सम्योजक दिनेश गजमेर,खानेपानी ब्यबस्थापन सम्योजक श्रीजना नेपाल,त्यस्तै वडा कृष्ण भट्टराई र निमित्त कार्याकारी प्रमुख गणेश खतिवडाको उपस्थिती रहेको थियो ।

सो क्रममा समितीले महाकुम्भ स्नान गरेपनी धरानको पिन्डेस्वर मन्दिर दर्शन नगरी धार्मिक रुपमा बिशेश फलिफाप नहुने तर्फ धार्मिक प्रयट्कहरुलाई आकर्षित गराउने तर्फ उन्न्मुख हुने मुख्य उदेश्य राखिएको बताएका थिए ।