0Shares

नेकपा एमाले पार्टीको भातृसंगठन नेपाल मुस्लिम इत्तेहाद संगठन धरान उपमाहानगर कमिटीकाे आयाेजनामा रमजान मुबारक वृहत इफ्तार कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रम धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघकाे सभा हलमा आज आईतवार बेलुका ६ बजे गरिएको हो । नेपाल मुस्लिम ईत्तेहाद संघ धरान उ.म.न.पा नगरका अध्यक्ष मोहमद सागिरकाे अध्यक्षता सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि काेसी प्रदेश पुर्व मुख्य मन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य शेरधन राई रहनुभएकाे थियो ।

त्यस्तै कार्यक्रममा अन्य बिशिष्ठ अतिथिको रुपमा काेसी प्रदेश सांसद माननीय रमेश कुमार बस्नेत,विजय कुमार राई, नेकपा एमाले धरान नगर अध्यक्ष हर्कजंग ऐभेङ्ग, एमाले काेसी प्रदेश कमिटी सदस्य भिम राई (ज्वाला) काेसी प्रदेश यातायात व्यावसायी संघका अध्यक्ष सराेज श्रेष्ठ,नेकपा एमाले जिल्ला तथा मुस्लिम  समुदाय जिल्ला सदस्य फिराेज अलि, नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य, पदाधिकारीहरु विभिन्न संघसंगठनका प्रतिनिधि,पत्रकार  लगाएत सयौकाे संख्यामा सहभागीतामा सहभागिता रहेको थियो ।

सोहि कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमाले धरान नगर कमिटी अध्यक्ष हर्कजङ एभेङले तारा सुब्बा मेयर हुदा मदरसा निर्माणको लागि जग्गाकाे लागि पहल गर्दा पनि हाल सम्म जग्गा प्राप्त नभएकोले दुख व्याक्त गरे । उनले हालका मेयर हर्क साम्पाङले सुम्निमा पारूहाङ्ग निर्माणको लागि मात्र पहल गरेको र मदरसाकाे लागि कुनै पहल नगरेकोले जातिय द्वन्द्व सिर्जना गर्न खाेजेकाे आरोप समेत लगाए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोसी प्रदेश पुर्ब मुख्यमन्त्री शेरधन राईले प्रान्तीय  धर्म संस्कृति ,धर्म निरपेक्ष लगाएत समग्र रूपमा एकता गर्ने नेकपा एमाले मात्रा एक पार्टी भएको दाबी गरे । उनले एमाले त्यस्तो नीति तथा निर्णयमा हिडेने पार्टी हो जो समृद्ध नेपाल सुखी नेपालीको एजेन्डा बोकेको छ ।

राईले राष्ट्रमा एमाले एकमात्र शक्तिशाली पार्टि रहेको र उक्त बलियो हुनुमा यहाँ सबै जातजाति भाषाभाषिलाई समेटेर लाने पार्टी हो भन्नूभयो । देशमा अहिले पनि बलियो पार्टिकाे रूपमा नेकपा एमाले नै रहेको राईको दाबी थियो । एक अर्को प्रसङ्गमा पुर्बमुख्यमन्त्री राईले राष्ट्रिय स्तरमा रहेका मुद्दा हरूलाई २०८१ भित्र नितिगत रूपमा हल गरि सुखि समृद्धि समाजको निर्माणको लागि सदैब तयार रहेने नेकपा एमालेकाे २०८४ काे मिसन समेत रहेको बताए । साथै उनले धरान उपमहानगर भित्र मदरसा  बनाउन  आफू प्रतिबद्ध समेत रहेको जिकिर गरे ।

मुस्लिम समुदायहरुको रोजा पर्बको समापनको करीब ७ हप्ता समय बाकी रहदा नेकपा एमाले पार्टीको भातृसंगठन नेपाल मुस्लिम इत्तेहाद संगठन धरान उपमाहानगर कमिटीले सबै समुदायका ब्यक्तित्बहरुको उपस्तिथि गराई भाईचाराको भावना जगाएको कार्यक्रममा उपस्थितहरुको भनाई थियो ।