30Shares

खेलकुदको हबको रुपमा परिचित सुनसरीको धरान र त्यसमा पनि धरान रंगशालामा स्वर्गीय सुबास राई स्मृति तेश्रो सुपर ८ लिग चलिरहेको बेला सोही स्थानमा शनिबारदेखि तेश्रो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबार भएको तेस्रो हाम्रो धरान भेट्रान कपको उद्धघाटन खेलमा दुहवी भेट्रान फुटबल क्लव विजयी बनेको छ । हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा धरान १६ स्थित रंगशालामा भएको उद्धघाटन खेलमा मिल्स भेट्रान फुटबल क्लव बिराटनगरलाई १ का विरुद्ध ४ गोल गर्दै दुहबी भेट्रान विजयी भएको हो।

उक्त खेलमा दु्हवी भेट्रानका लागी रुद्र बहादुर खडकाले २ गोल गरेका थिए । उनले खेलको २० र ५० औं मिनेटमा गोल गरेका थिए । यसैगरी दुहवी भेट्रानका लागी सन्तोष कुमारले २६ औं मिनेटमा र श्री नारायण भगतले ३४ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै मिल्स भेट्रानका लागी १ मात्र गोल ईन्द्र कुमार राईले खेलको ५५ औं मिनेटमा गोल गरेका थिए। खेलको म्यान अफ दि म्याच दुहवी भेट्रानका रुद्र बहादुर खड्का घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरेका छन । प्रतियोगिताको दोस्रो खेल भोली मंगलबार मेघा भेट्रान र आयोजक हाम्रो धरान भेट्रानका बीच दिनको ३ बजे हुने आयोजकले जानकारी दिएका छन ।

प्रतियोगितामा मिल्स भेट्रान, दुहबी भेट्रान, दुधे भेट्रान, लखनपुर भेट्रान,उर्लाबारी भेट्रान, धरान भेट्रान, मेघा भेट्रान, आयोजक हाम्रो धरान भेट्रान, सिमरा भेट्रान, राजाराजी भेट्रान, हाम्रो ईटहरी भेट्रान र भरौल भेट्रानको सहभागीता रहेको छ। प्रतियोगिताको बिजेताले ट्रफि सहित १ लाख ५ रुपैया र उपविजेताले ६० हजार ५ रुपैया सहित ट्रफि प्राप्त गर्नेछ ।

त्यस्तै ब्यतिगत बिधाको पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचले जनही नगद ३ हजार सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले नगद ४ हजार र प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ५ हजार सहित मेडल र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।