©Aayo News
22Shares

सुनसरीको धरानमा एकै स्थानमा जारी स्व. सुबस राई स्मृति सुपर ८ लिगकम नकआउट र हाम्रो भेट्रान फुटबल प्रतियोगितामा आज पनि छुट्टाछुट्टै २ खेल भएको छ ।

धरान १६ स्थित रंगशालामा दिउसो २ बजेबाट भएको सुपर ८ को खेलमा धरान वडा न १४ बिजय हुँदै ३ अङ्क बाटुलेको छ ।

निकै नै प्रतिस्पर्धात्मक खेलमा वडा न १४ ले वडा न ५ लाई ३-१ गोलले हराउदै ३ अङ्क बटुलेको हो। जहाँ खेलको पहिलो हाफको १८ औ र दोस्रो हाफको ५० औ र ८० औ मिनेटमा जर्सी न ३६ का बिनोद राईले ह्याटि्रक गर्दै ३ गोल गरेका थिए । उता वडा न ५ को तर्फबाट जर्सी न ७ का मिजास लिम्बुले १ गोल फर्काएका थिए ।

सोही खेलको म्यान अफ द म्याच वडा न १४ का जर्सी न ३६ का बिनोद राई घोषित हुँदै नगद २ हजार सहित मेडल प्राप्त गरेका छन । भोलिको सुपर ८ को खेल वडा न ११ र ६ का बिच हुने आयोजकले जनाएको छ ।

त्यस्तै गरी सोहि स्थानमा नै दिउँसो ५ बजेबाट सुरु भएको हाम्रो भेट्रान कपको आज भएको तेस्रो दिनको खेलमा मेघा भेट्रान बिराटनगरले आयोजक हाम्रो धरान भेट्रान क्लबलाई १-० गोल अन्तरले हराएको छ । ६० मिनेटको निर्धारित खेलमा मेघाले धरानलाई १-० ले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।

आजको खेलको पहिलो हाफको २९ औ मिनेटमा बिराट मेघा भेट्रान फुटबल क्लब बिराटनगरका जर्सी न १४ का जिबस कुमार मगर १ गोल गरे भने सोही गोल नै जितका लागि प्रयाप्त बन्न पुगेको थियो ।

आजको खेलको म्यान अफ द म्याच मेघा भेट्रान फुटबल क्लब का जर्सि न २ का दिलिप प्रसाद बास्तोला घोषित हुँदै नगद २ हजार मेडलका साथै खाजा कुपन प्राप्त गरेका छन । भोलिको खेल उर्लाबारी भेट्रान फुटबल क्लब मोरङ्ग र धरान भेट्रान फुटबल क्लब सुनसरी बिच हुने आयोजकले जनाएको छ ।