0Shares

कतारको बहु प्रतिष्ठित अलमाना ग्रुपले राष्ट्रिय खेलकुद दिवसको उपलक्ष्यमा कम्पनीमा कार्यरत कर्मचारीहरुबीच एक दिवसीय मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । कतार स्थित रहेको अल अरबी फुटसल खेल मैदानमा कंम्पनीका कर्मचारीको सहभागितामा उक्त फुटसल खेल सम्पन्न गरेको हो । कंम्पनीले आफना श्रमीकको स्वास्थ्य लाई ध्यानमा राखी खेलकुदले शारीरिक स्फूर्ति बढाउनेतर्फ प्रत्येक वर्ष खेलकुद दिवसको अवसर पारेर खेल खेलाउदै आएको छ ।

खेलकुदले समाजको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले अभ्यासको महत्त्वमा जोड दिने र खेल दिवस मनाउने क्रममा वर्षेनी बढ्दो सहभागिताले अनुशासन, आपसी सम्मान, खेलकुद र टिमवर्क जस्ता ठूला मूल्यमान्यतालाई प्रोत्साहन गर्ने र एकतामा टेवा पुग्ने फुटसलमा सहभागीलाई उद्धितगर्दे करात स्थित रहेकी लक्ष्मी दर्नाले जानकारी दिईन।

बर्षभरी काममा व्यस्त रहने हामी श्रमीकको मानसिक तनाव शारीरिक तन्दुरुस्ती र स्फूर्त खेलकुदले नयाँ जोश जाँगर र सामाजिक समूहहरू र व्यक्तिहरूलाई सामाजिक शान्तिको लागि आवश्यक मूल्यहरूको बारेमा शिक्षित गर्न, विभिन्न खेलकुद अभ्यास गर्न, शारीरिक क्रियाकलाप गर्न र खेलकुदको गतिविधिको लागी यस्ता कार्यक्रमहरूको आयोजना भईरहनु पर्ने खेलमा सहभागी खेलाडीहरुले बताएका छन। खेल तीन दिन अर्थात आजसम्म खेलिने र खेलको पहिलो दिन फुटबल, दोस्रो दिन क्रिकेट र अन्तिम दिन आज भलिबल प्रतियोगिता रहने कंम्पनीका आयोजकले बताएका छन ।