0Shares

सुनसरीको बराहक्षेत्र नगरपालिका बडा नं १ स्थित रहेको प्राचीन हरिद्वार,चतराधाममा आउदो चौत्र २७ गतेबाट बाह््रबर्षे पिण्डेश्वर महाकुम्भ मेला लाग्ने भएको छ । यसअघि पनि नेपालमा पहिलो पटक बि.स.२०५९ सालको चैत्र शुक्ल प्रतिपदा अर्थात चैत्र ६ गते देखि वैशाख शुक्ल तृतिया सम्म १ महिना चतराधाममा कुम्भ महोत्सव आयोजना भएको थियो ।

जुन महोत्सव नेपालको इतिहासमा पहिलो कुम्भ मेला थियो भने बि.स. २०६३÷६४ मा दोस्रो अर्धकुम्भ,२०७०÷७१ तेस्रो कुम्भ पूर्ण कुम्भ मेला र २०७५÷०७६ सालमा चौथो कुम्भ मेलाको रूपमा अर्ध महाकुम्भ मेला सम्पन्न भइसकेको छ। आयोजक बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मुल आयोजक समारोह समितिले आज बुधबार कार्यलय परिसरमा नै पहिलो चरणको पत्रकार भेटघाटको आयोजना गरी उक्त महाकुम्भबारे जानकारी दिएका हुन । समितिका उपाध्यक्ष एबम बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले महाकुम्भ यहि २०८० साल चैत्र २७ गतेदेखि १ महिना अर्थात २०८१ साल बैशाख २८ गते सम्म सञ्चालन हुने जानकारी दिए । कार्कीले बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भको बारेमा जानकारी दिन तथा महाकुम्भ मेलाको बारेमा प्रचार प्रसार गर्ने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरिएको बताए ।

उनले शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय त्रितिया सम्म १ महिना चतराधाममा पूर्ण महाकुम्भ मेला महोत्सव आयोजना हुन लगेको र सोही महाकुम्भबारे सबैको सहयोगको खाचो रहेने बताए । कार्कीले उक्त कुम्भ मेला आयोजना गर्ने विषयमा गएको बुधवार कुम्भ मेला स्थल चतराधाममा कुम्भ मेलाका परिकल्पनाकार जगद गुरु श्री बालसन्त मोहन शरण देवाआर्या र वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की तथा स्थानीय वडाध्यक्ष,बुद्धिजीवीहरुका बिचमा सुरुवाती छलफल समेत गरिसकिएको बताए ।

कार्कीका अनुसार मेलालाई व्यवस्थित तथा भव्य बनाउन नगरपालिकाले नेतृत्व गर्ने साथै वडा नं १ र २ का बडा अध्यषहरु र सबै नेपालीहरुले समेतले यस महान कार्यमा साथ सहयोग दिनुहुन आग्रह समेत गरेका छन । कार्कीले चतराधाम कुम्भको राजधानी भएकाले यहाँ लाग्ने कुम्भ मेलाको प्रचार प्रसार र व्यवस्थापनलाई प्राथमिकताका साथ राखेर काम अगाडी बढेको समेत बताए । त्यस्तै सोही पत्रकार सम्मेलनमा कुम्भको विधान उल्लेखित हस्त लिखित पुस्तक अनुसार नै चतराधाममा कुम्भ मेलाको सुरुवात हुदै आएको महाकुम्भ मेला मुल आयोजक समारोहका महासचिव प्रल्हद भट्टराई बताए ।

उनले भारतको मध्यप्रदेशस्थित उज्जैन, प्रयाग, महाराष्ट्र स्थित नासिक र उत्तराखण्डस्थित हरिद्वारमा कुम्भ मेला लाग्दै आएका छन भने ती म्ध्येका सबैभन्दा महत्वपुर्ण स्थान नै नेपालको यहि पिण्डेश्वर महाकुम्भ स्थल भएको बताए । अमृतको तर नै भेटिएको पिण्डेश्वरस्थित कौशिकी (सप्तकोसी) नदीमा कुम्भ स्नान गर्नाले पापबाट मुक्त भई मनोकांक्षा पूरा हुने धार्मिक विश्वास समेत रहीआएको छ । समुन्द्र मन्थन पछि उत्पन्न अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यका बिच भएको लुछातानीको क्रममा जहाँ जहाँ अमृत खस्यो खस्यो त्यहाँ त्यहाँ कुम्भ पर्व लाग्ने गर्दछ । नेपालको चतराधाममा अमृतको पीठ नै खसेकाले कुम्भको चतराधाम राजधानी पनि रहेको छ। भारतको प्रयाग, नासिक, उज्जैन र हरिद्वारमा अमृतको थोपा झरेको भनेर शास्त्रमा उल्लेख छ । उक्त पत्रकार सम्मेलनकै दौरान महाकुम्भ मेला मुल आयोजक समारोहका उपाध्यक्ष तथा बराहक्षेत्र नगरपालिका वडा नं १ अध्यक्ष किसान थापा मगर,वडा नं २ अध्यक्ष होम प्रसाद गौतम,महाकुम्भ मेला मुल आयोजक समारोहका महासचिव प्रल्हद भट्टराई तथा नेपाल सरकारका तथा कोशि प्रदेश सरकारका प्रतिनिधिहरुले आ आफना क्षेत्रबाट पुर्ण महाकुम्भलाई सफल पार्न खेल्ने भुमिकाको बारेमा जानकारी गराएका थिए ।

सोही पत्रकार सम्मेलनमा उपस्थित नेपाल पत्रकार महासंघ सुनसरी जिल्ला अध्यक्ष जनक ऋिषि राई, लगाएत महाकुम्भ मेला मुल आयोजक समारोहका पदाधिकारी तथा सदस्यहरु गरि करिब २५÷३० जनाको सहभागीतामा महाकुम्भर सफल पार्न गर्नुपर्ने तयारी र सोको काम कार्बाहीबारे आन्र्तकृया समेत गरिएको थियो । जहा पत्रकारहरुले पुर्णमहाकुम्भ मेलामा आउने बाहिरी राष्ट्रका पाहुनाहरुलाई के कसरी ब्यवस्थापनका लागी काम थालिएको छ भनेर जिज्ञासा समेत राखेका थिए ।त्यस्तै उनीहरुले बिगतमा भएका कमी कमजोरीहरुलाई सामाधानको बाटोमा लाग्न समेत सुझाव दिएका थिए ।

महाकुम्भलाई सफल पार्न प्रधानमन्त्री कार्यलयका सचिव अर्जुन,पोख्रेल प्रदेश सरकारबाट मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यलय बाट केदारमान शर्मा,तोया ढकाल एबम कोशि प्रदेश सरकारका प्रतिनिधिहरु दिनरात खटेका छन भने महाकुम्भ स्थलमा स्वागतद्धारा पण्डाल निर्माण,मंदिर पुजन स्थाल,भण्डारा,होम,स्टेज एबम साधुसन्तहरुको आबासकाका लागी निर्माण कार्य भईरहेको छ भने एक सय १९५ बटा सौचालय तथा २ बटा घुम्ती सौचालय निर्माणका कार्य भईरहेको आयोजकले जनाएको छ । त्यस्तैगरी कुम्भमेलाकै प्रचार प्रसारको लागी नेपाल टेलकिमको समन्वयमा मोवाईल रिङटोन तथा कार्यक्रम स्थलामा ईमेल ईन्टरनेटको समेत ब्यवस्थापनमा काम तिब्र गतिमा भईरहेको छ । महाकाुम्भमेलामा आउाने बिदेशी एबम स्वदेशी भत्तजनहरुको सबारी पार्कीको लागी सबरी पार्र्किङ स्थालका साथै बाटोघाटो समेतको मर्मत सम्भारको कार्य भईरहेको समेत आयोजकले जनाएको छ ।