22Shares

ट्राब्रेकरमा दमक लखनपुर भेट्रान फुटबल क्लबलाई ४-२ गोल अन्तरले हराउदै हाम्रो धरान भेट्रान चौथो स्व. बिक्रम राई स्मृति भेट्रान कपको फाइनलमा पुगेको छ ।

सुनसरीको धरानमा जारी चौथो स्व. बिक्रम राई स्मृति भेट्रान फुटबल प्रतियोगितामा आज बुधबार भएको सेमिफाईनल खेलमा हाम्रो धरान भेट्रान फुटबल क्लबले दमक लखनपुर भेट्रान फुटबल क्लबलाई हराउदै फाईनल यात्रा तय गरेको हो ।

धरान १६ स्थित क्षेत्रीय प्रस्तावित रंगशालामा बुधबार दिउँसो ३ बजेबाट सुरु भएको सेमिफाइनल खेलमा हाम्रो भेट्रानले ट्राईब्रेकरमा लखनपुरलाई हराएको हो । निर्धारित ६० मिनेटको खेलमा दुबैतर्फबाट कुनै गोल हुन नसकी बराबरेआ सकेपछि उक्त खेलको निर्णय ट्राब्रेकर मार्फत लिईएको थियो ।

जहाँ हाम्रो धरान भेट्रान फुटबल क्लबका जर्सी न ६ का पदम राई जर्सी न १३ का कृष्ण कुमार लिम्बु जर्सी न १७ का राकेश राई र जर्सी न १८ का तिर्थराज मगरले गोल गरेका थिए । उता दमक लखनपुर भेट्रान क्लबका जर्सी न १० का सुबास अङ्ग्ताङ्पो जर्सी न १५ का लोक बहादुर आलेले गोल गरेका थिए भने जर्सी न १९ का मोहन तामाङको प्रहार पोस्ट माथी र जर्सी न ७ का दिपेन गिरीले हानेको प्रहार गोल पोस्ट बाहिर गएको थियो ।

आजको पहिलो सेमिफाइनल खेलको म्यान अफ द म्याच हाम्रो धरान भेट्रानका जर्सी न ३ बिकास राणा मगर घोषित हुँदै नगद २१०० सहित मेडल प्राप्त गरेका छन ।

त्यस्तै आजै भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा आयोजक धरान भेट्रान फुटबल क्लबले राजारानी भेट्रान फुटबल क्लबलाई ४-१ ले हराउदै फाईनल यात्रा तय गरेको छ । आयोजक धरानले राजारानीलाई खेलको सुरुदेखी नै दबाबमा राख्दै जर्सी न ६ का बिकर्ण श्रेष्ठले खेलको पहिलो हाफको ५ औ र २५ औ र दोस्रो हाफको १३ मिनेटमा गरी ३ गोल गर्दै ह्याटि्क गरेका थिए भने जर्सी न ११ का कृष्ण शाक्यले खेलको २२ औ मिनेटमा थप १ गोल गर्दै आज जित पक्का गर्फै फाईनल यात्रा तय गरे ।

उता खेलमा राजारानी भेट्रान फुटबल क्लबको तर्फबाट खेलको दोस्रो हाफको २३ औ मिनेटमा जर्सि न ८ का सुर्य कुमारी भन्डारीले १ गोल फर्काएका थिए । आजको दोस्रो खेलको म्यान अफ द म्याच आयोजक धरान भेट्रान फुटबल क्लबका जर्सी न ६ का बिकर्ण श्रेष्ठ घोषित हुँदै नगद २१०० सहित मेडल प्राप्त गरेका छन ।

अब शुक्रबार हुने फाईनल उपाधिका लागि आयोजक धरान भेट्रान फुटबल क्लब र हाम्रो भेट्रान फुटबल क्लब एक आपसमा भिड्नेछ । उक्त खेलको बिजेता टिमले नगद १ लाख ५ हजार र उपबिजेता टिमले नगद ६० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछ ।