0Shares

सुनसरीको धारनमा सम्पन्न चौथो स्व. बिक्रम राई स्मृति भेट्रान फुटबल प्रतियोगिताको उपाधी हाम्रो भेट्रान फुटबल क्लब धरानले उचालेको छ ।

शुक्रबार धरान १६ स्थित प्रस्तावित क्षेत्रीय रंगशालामा सम्पन्न फाईनल खेलमा ट्राब्रेकरमा आयोजक धरान भेट्रान फुटबल क्लबलाई ५-३ गोल अन्तरले हराउदै हाम्रो भेट्रानले उक्त उपाधी चुमेको हो ।

निर्धारित ६० मिनेटको निकै नै प्रतिस्पर्धात्मक खेलमा दुबै तर्फबाट कुनै गोल हुन नसक्दा आजको फाईनल खेलको नतिजा ट्राईब्रेकर मार्फत नै लिएको थियो । जहाँ हाम्रो भेट्रान फुटबल क्लबको तर्फबाट जर्सी न ६ का पदम राई जर्सि न १३ का कृष्ण कुमार लिम्बु जर्सी न १७ का राकेश राई जर्सि न ४ का सुरज श्रेष्ठ र जर्सी न १५ का राज राईले गोल गरेका थिए ।

उता धरान भेट्रानको तर्फबाट जर्सी ६ का बिक्रम श्रेष्ठ जर्सी ११ का कृष्ण शाक्य जर्सी न १७ का बिष्णु सुनुवारले गोल गरे भने जर्सी न १२ का सन्तोष बस्नेतले हानेको प्रहार गोल पोस्ट बाहिर गएको थियो । सोही गोल बाहिरिनु नै आयोजक धरान भेट्रानको लागि प्रतियोगिताको उपबिजेता बन्न बाध्य बनायो ।

आजको खेलको म्यान अफ द म्याच धरान भेट्रान फुटबल क्लबका जर्सी न ११ का कृष्ण शाक्य घोषित हुँदै नगद २१ सय सहित मेड्ल र ट्रफी प्राप्त गरेका छन । त्यस्तैगरि चौथो संस्करणको भेट्रान कपमा उत्कृष्ट गोल किपर हाम्रो धरान भेट्रान फुटबल क्लबका जर्सी ९५ देब सिंह उत्कृष्ट डिफेनडर हाम्रो धरान भेट्रान फुटबल क्लबका जर्सी ३ बिकास राणा मगर,उत्कृष्ट मिड्फिल्डर धरान भेट्रान फुटबल क्लबका जर्सी न १३ रमेश गुरुङ,उत्कृष्ट कोच हाम्रो धरान भेट्रान फुटबल क्लबका हेम गुरुङ तथा हाई स्कोररको पुरस्कर धरान भेट्रानका जर्सि न १० का डिल्ली राम श्रेष्ठ ( मिलन ) ले हात पर्दै उनिहरुले जनही नगद ३५/३५ सयका साथै ट्रफी तथा मेडल प्राप्त गरे भने सोही खेलमा बेस्ट प्लेयर अफ द टुर्नामेन्टकोरुपमा धरान भेट्रान फुटबल क्लबका जर्सि न १७ का बिष्णु सुनुवार घोषित हुँदै नगद ५ हजार १ सय प्राप्त गरेका छन ।

प्रतियोगितामा बिजय भएका हाम्रो भेट्रानले नगद १ लाख ५ हजार तथा दोस्रो हुने आयोजक धरान भेट्रानले नगद पुरस्कार ६० हजार सहित सिल्ड प्राप्त गरेका छन ।